नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाडाैं | फागुन ६, २०७९

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो।

 

पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए।

 

वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए।

 

कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे।

 

सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए।

 

तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए।

 

सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए।

 

४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्